मणिपुर घटनाको प्रतिवाद जनाउँदै मिरिकमा विरोध रैलीको आयोजना

मिरिक : मणिपुर घटनाको विरोध तथा महिलामाथि भएको अत्याचारको प्रतिवाद जनाउँदै आज मिरिकमा विरोध र्‍याली निकलिइयो। मिरिक टाउन कम्युनिटी वेल्फेयर सोसाइटीको आयोजना सम्पन्न उक्त विरोध र्‍यालीमा उपस्थित महिलाहरूले हातमा प्ला कार्ड बोकेर मणिपुरमा भएको जातीय द्वन्द्व तथा महिलामाथि भएको अत्याचारको विरोध जनाए। उक्त र्‍याली मिरिक  बाइपासबाट शुरू गरेर  मिरिक बजार हुँदै कृष्णनगरमा पुगेपछि समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *