मणिपुर पैह्रो: 13 जना जीवित लगायत 27 जनाको शव उद्धार, 3 जना निखोज

दार्जिलिङ : दार्जिलिङ जलपहाड सैनिक छाउनीबाट दिएको जानकारी अनुसार मणिपुर पैह्रोको चपेटमा परेर अझसम्म 2 जना सैन्य अधिकारी र 1 जना स्थानीय मानिस निखोज छन् भने 13 जनालाई जीवित रूपमा उद्धार गरिएको छ। तीमध्ये 3 जनालाई आईसीयुमा भर्ना गरेपछि हाल तिनीहरूको उपचार चलिरहेको छ। गत बुधबार रातिदेखि लगातार दिनरात एक गरेर चलाइरहेको उद्धार कार्यमा 1 जना अफिसरको शव उद्धार गरिएको छ भने अन्य 1 जना जेसीओ र त्यहाँ कार्यरत अन्य 25 जनाको शव हालसम्म उद्धार गरिएको छ। विभिन्न अत्याधुनिक यन्त्रहरूको सहयोगमा भारतीय सेनाका जवान, टीए-का जवान, रेस्क्यु टोलीले रात-दिन लगातार रूपमा उद्धार कार्य चलाइरहेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *