मणिपुर पैह्रोमा ज्यान गुमाउने सहिदहरूलाई एनएफ रेलवे इम्प्लोइज युनियन-द्वारा श्रद्धाञ्जलि अर्पण

खरसाङ (निसं) : मणिपुर पैह्रोको चपेटमा परेर ज्यान गुमाउने सेनाका जवानहरूप्रति एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारे शाखाद्वारा गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारेका सभापति कुमार भुजेल अनि शाखाका मूल सचिव बिराज प्रधानले गहिरो शोक प्रकट गर्दै ती पैह्रोमा ज्यान गुमाउने भारतीय सेनाका जवानहरूले आत्माले स्वर्गमा बास पाउन साथै शान्ति पाउन् भन्ने कामना पनि गरे। ती सहिदहरूको पीड़ित परिवारहरूलाई यस दुखको घड़ीमा सहन गर्ने शक्ति पाउन भन्ने कामना गरेको रेलवे कर्मचारी एवम् एनएफ रेलवे तीनधारे शाखाका कार्यकारिणी सभापति नरेन बम्जनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *