मणिपुर पैह्रो:   सहिद भएका खरसाङका 2 जना जवानको पार्थिव शरीर पैतृक थलोतर्फ प्रस्थान

खरसाङ (निसं) : मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका 107 टीए बटालियनका 11 जना जवानहरूको पार्थिव शरीर आज विमानमार्फत् बाघडुग्रा विमानअड्डामा ल्याइपुर्‍याएपछि त्यहाँबाट सैनिक छाउनी बेङ्गडुबी लगेर सैनिक सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरियो। मणिपुरको पैह्रोमा परेर शहीद बनेका 107 टीए बटालियनका 11 जना जवानहरूमध्ये खरसाङ क्षेत्रका दुईजना गौरी शंकर चियाबारी निवासी विधान राई र रोहिणी निवासी मिलन तामाङको पनि पार्थिव शरीर सामेल छन्। सहिद जवानहरूको पार्थिव शरीरलाई बेङ्गडुबीबाट सैनिक सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेपछि आ-आफ्नो पैतृक थलो पठाइएको छ। सहिद जवानहरूलाई बेङ्गडुबीमा श्रद्धाञ्जलि अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापा, दार्जिलिङ र खरसाङका विधायकद्वय निरज जिम्बा र बीपी बजगाइँ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिका विजय प्रार्थी राजेस चौहान, परेस तिर्की लगायत जवानका परिवार पक्षका मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *