मणिपुर त्रासदीका सहिद परिवारसित भेटे रक्षा मन्त्री राजनाथ सिंहले, आर्थिक सहयोग प्रदान

सिलगढी : रक्षा मन्त्री राजनाथ सिंहले आज सिलगढीको ब्याङडुबी सेना छाउनीमा हालै मणिपुरको पैह्रो त्रासदीमा प्राण गुमाउने दार्जिलिङ, तराई, डुवर्स क्षेत्रको सहिदको परिवारका सदस्यहरूसित औपचारिक भेट गरे। यस अवसरमा रक्षा मन्त्री राजनाथ सिंहसित देशका सेना प्रमुख जेनरल मनोज पाण्डे तथा दार्जिलिङका सांसद राजु विष्ट पनि उपस्थित थिए। रक्षा मन्त्री तथा देशका सेना प्रमुखले मणिपुर पैह्रोमा प्राण गुमाउने सहिदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। पैह्रोमा प्राण गुमाएका मोठ 19 जना सहिद परिवारका सदस्यहरू प्रत्येकलाई आर्थिक सहयोग राशिको रूपमा 7-7 लाख रुपियाँको चेक प्रदान गरे। रक्षा मन्त्री राजनाथले देशको सुरक्षाको निम्ति खटिएर प्राण गुमाएका सहिदका परिवारहरूसित आफूहरूको साथ रहेको साथै भविष्यमा जवानका परिवारहरूको साथमा रहने आश्वासन दिए। आज विशेष गरेर सहिदका परिवारहरूसित भेट गर्नकै लागि आफू बाघडुग्राको बेङडुबीमा आएको तिनले बताए। अर्कोतिर, दार्जिलिङका सांसद राजु विष्टले बताएअनुसार प्रत्येक सहिदको परिवारका एकजना सदस्यलाई सरकारी नोकरी दिइने प्रयास गरिरहेको साथै केन्द्र सरकारको तर्फबाट पनि हर सम्भव यसबारे सहयोग गर्ने आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.