मनिषा नन्दी फाउन्डेसनको पाँचौँ स्थापना दिवसको अवसरमा रक्तदान शिविर

सिलगढी :  मनिषा नन्दी फाउन्डेसनको पाँचौँ स्थापना दिवस आज सिलगढीको कञ्चनजङ्घा स्टेडियम पालन गरियो। यस अवसरमा फाउन्डेसनको तर्फबाट रक्तदान शिविरको पनि आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। यसको साथै हाल कोरोना महामारीको समयमा क्यान्सर रोगीहरूले कसरी आफूलाई स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा एउटा भर्चुअल सेमिनारको पनि आयोजना गरियो। उक्त भर्चुअल सेमिनारमा देश-विदेशका धेरै मानिसहरूले अंश ग्रहण गरेका थिए। आगामी दिनमा क्यान्सर रोगी लगायत समाजका विभिन्न मानिसहरूको सहयोग गर्ने संगठनका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *