मानिसहरूलाई चिकित्सा सुविधाको लागि खोरीबारीमा ‘द्वारे डाक्टर परिसेवा’ शुरू

खोरीबारी (निसं):  साधरण मानिसहरूलाई चिकित्सा सुविधा उपलब्ध गराउने उद्देश्य लिएर खोरीबारी ब्लक अन्तर्गत बुरागञ्जको रंगालीमा द्वारे डाक्टर परिसेवाशुरू गर्यो। आज एकजना महिला बिमारीको हातबाट रिबन काटेर उक्त दुवारे डक्टर परिसेवाका उद्घाटन गरियो। यस अवधि उत्तरबंग मेडिकल कलेजका डीन ड. सन्दीप सेनगुप्त, डिस्ट्रिक ट्यूबरकुलोसिस अफिसर डा. देवराज सरकार, खोरीबारी बीएमओएच सफीउल आलम मल्लिक सहित अन्य मानिसहरू उपस्थित थिए। उक्त शिविरमा इलाकाको मानिसहरूले चिकित्सा सेवाहरूको लाभ उठाए। यस सम्बन्धमा डा. देवराज सरकारले बताए अनुसार शिविरमा ईसीजी, शुगर, प्रेशर लगायत अन्य बिमारीहरूको जाँच गरियो। उत्तरबंग मेडिकल कलेजका डीन सन्दीप सेनगुप्ताले भने, मानिसहरूको बिमारहरू अब चाँडै निको हुनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *