मनिष सृष्टि कम्पनीद्वारा पत्रकार अनि कलाकारहरूलाई सम्मान

मङपु : मङपुका मनिष सृष्टि फुड प्रोसेसिङ कम्पनीद्वारा आज एउटा कार्यक्रमबीच मङपु हिल टाईम्स-का प्रमुख केशर मोक्तान अनि मङपु न्युज प्रमुख राजेश थापालाई  सम्मान जनाइयो। दुई पत्रकारलाई मनिष सृष्टि फाउन्डेसनका निर्देशक मनिष थापाले स्मृति चिन्ह अनि च्यानलको लोगो भएको कप, टीसर्ट प्रदान गरेर सम्मान जनाइयो। रबिन राईको अध्यक्षतामा सम्पन्न आजको सम्वर्द्धना कार्यक्रममा मङपुका गिटार वादक सागर बान्तवा राई, गायिका सिमरण (गरिमा) गुरुङ, नर्तकी सलोनी सुब्बा अनि समाजसेवी व्यक्तित्व किरण पाख्रीनलाई सृष्टि फाउन्डेसनको तर्फबाट मनिष थापा, कुन्दन थापा र एरिक गुरुङले स्मृति चिन्ह अनि उपहार प्रदान गरेर  सम्मान  जनाइयो। यसैगरी, दार्जिलिङ भाईब्स-का कलाकारहरू अनमोल  राई, विभेक थापा अनि रिशत छेत्रीलाई पनि समितिका सयोजक थापाले उपहार प्रदान  गरे। स्थानीय कलाकार अनि पत्रकारहरूलाई प्रोत्साहन दिने उद्देश्य लिएर सम्वर्द्धना जनाइएको मनिष सृष्टि फाउन्डेसनका निर्देशक मनिष थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *