मणि ट्रस्टको आयोजनामा रक्तदान शिविर

मङ्पु: मणिट्रस्ट अनि लाब्दा ट्राईडबल वेलफेयर एसोसिएसनको संयुक्त आयोजनामा आज मङपु लाब्दा ग्रामसेवक प्राथमिक पाठशाला भवनमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 63 जना पुरुष अनि 5 जना महिला गरेर मोठ 68 जनाले रक्तदान गरे। रक्तदान गरेपछि रक्तदाताहरुलाई प्रशस्ती पत्र मणि ट्रस्टका उपसभापति अर्बिन्द्र प्रधान अनि किरण पाख्रीनको बाहुलीबाट प्रदान गरियो। आज रक्तदान शिविरमा संग्रहित गरिएको रगत दार्जिलिङ जिल्ला अस्पतालमा पठाइएको लाब्दा ट्राईबल वेलफेयर एसोसिएसनका संयोजक सुरेन पाख्रीनले जानकारी दिएका छन्। संयोजक पाख्रीनले मणि ट्रस्टका सम्पूर्ण सदस्यगण, लाब्दा विभागका समाज संस्थाका प्रतिनिधिगण अनि एनएचपीसी रम्बीलाई आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *