मञ्जा पुलको अवस्था सोचनीय, मालवाहक वाहनहरू चलाचल बन्द

मिरिक : लगातार परिरहेको मुसलधारे पानीले तराईको बेलगाछी चियाबारीको पुलको एकापट्टिको भाग बगाएर लगेपछि हाल पुलको अवस्था सोचनीय बन्न पुगेको छ। मञ्जा खोलामाथिको उक्त पुलको अवस्था निक्कै खराब भएकोले हाल पानीघट्टा पुलिसले ठुलो मालवाहक वाहनहरूलाई उक्त पुल भएर जान दिएको छैन। ससाना वाहनहरूलाई सिभिक पुलिसको देखरेखमा आउजाउ गर्न दिइरहेको बताइएको छ। यदि वर्षा लगातार भइरहे खोलाको जलस्तर बढेर बाढको सम्भावना रहेकोले बेलगाछी पुल नजिक बसोबास गर्ने गाउँलेहरू हाल अधिक चिन्तित बनेका छन्।  सम्बन्धित विभागले मरमति गरे तापनि गत केही दिनदेखि लगातार परिरहेको पानीले गर्दा नदीको जल स्तर निक्कै बढेकोले बाढी आउनसक्ने सम्भावनाले छेउ-छाउका मानिसहरू जागै बसेर रात बिताएको बताइएको छ। पानीघट्टा पुलिस थानाले सुरक्षालाई ध्यानमा राखेर उक्त पुल परिसरमा सिभिक भोलन्टियरहरू तैनाथ गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *