मनोहर लामाको निधनमा एमआरसप डिलर्स एसोसिएशनद्वारा शोक सभा

खरसाङ : खरसाङ एफपीएस डिलर्स एसोसिएशनको केन्द्रीय महासचिव मनोहर लामाको निधनमा एसोसिएशनले एक शोक सभा आयोजना गरी गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्। एसोसिएसनको कार्यकारी सदस्यवर्गको कन्फरेन्स कलमार्फत अनलाइन एक सभाको आयोजना गरी श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। उक्त अनलाइन शोक सभामा विगत 17 मईको बिहान एफपीएस डिलर्स एसोसिएशन खरसाङका महासचिव, हिल एफपीएसडिलर्स एसोसिएशन केन्द्रीय महासचिव साथै अखिल भारतीय एफपीएस डिलर्स फेडरेसन कोर कमिटी सदस्य मनोहर लामाको आकस्मिक निधनको कारण प्रत्येक डिलर नै नि:शब्द बनेका छौं भनी बताएका छन्। उनको निधनले संगठनलाई ठूलो भन्दा ठूलो क्षति पुगेको छ भन्दै हामी उनको दिवंगत आत्माले चिर शान्ति प्राप्त गरुन अनि शोकाकुल परिवारलाई चाँड़ै यो सदमाबाट बाहिर निस्कन सक्ने शक्ति प्रदान गरुन भनी कामना गर्दछौं भनी बताइएको छ । यस अवसरमा एसोसिएसनले मौन धारण गरी शोकित परिवारप्रति गहिरो शोक समवेदना पनि प्रकट गरेको सकिल प्रधानले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *