मनोनित सभासदहरू बिनीता खम्बु राई र भूपेन्द्र छेत्रीलाई सभासद डेण्डुप पाखरीनले दिए बधाई

दार्जिलिङ: जीटीए-को मनोनीत सभासद बिनीता खम्बु राई अनि सभासद भूपेन्द्र छेत्रीलाई आजदेखि जीटीएमा मेम्बर अन ड्युटी प्रदान गरियो। यसै उपलक्ष्यमा सभासदद्वयले दार्जिलिङको भानुभवनमा आज आ-आफ्नो कार्यालयको विधिवत रूपमा उद्घाटन गरे। यस अवसरमा तकदाह टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीन पनि उपस्थित थिए।


उपस्थिति दिने क्रममा सभासद डेण्डुप पाखरीनले आफ्नो समकक्षी सभासदद्वय विनीता खम्बु राई र भूपेन्द्र छेत्रीलाई अभिनन्दन साथै बधाई दिए। उक्त कार्यक्रममा जीटीएका सभासदहरू क्रमैले सतीश पोखरेल, प्रमोष्कर ब्लोन, उदय देवान लगायत अन्याय विशिष्ट मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *