मनोरोगी दिदी बहिनीको उद्धार कार्यमा सहयोग गर्ने सहयोगी हात सेल्टर होमद्वारा कृतज्ञता ज्ञापन

खरसाङ : खरसाङ बरबुङ बस्तीका दुई मनोरोगी दिदी-बहिनीको उद्धार कार्यमा सहयोगको निम्ति दार्जिलिङ सहयोगी हात सेल्टर होमद्वारा कृतज्ञता ज्ञापन गरिएको छ। गत 29 मार्चको दिन दार्जिलिङ सहयोगी हात सेल्टर होमद्वारा खरसाङ बरबुङ बस्तीका एकै परिवारका दुई मानसिक रूपले असक्षम दिदी-बहिनीहरूलाई उद्धार गरेर तीनधारे नजिक शान्त भवनमा आश्रय दिलाउन सफल भएको छ। यस उद्धार कार्यमा सहयोग गर्ने नमस्ते खरसाङ च्यानलका निदेशक निर्मल गुरुङ अनि तिनको सम्पूर्ण टोली साथै शान्त भवनमा स्थान दिलाउन विशेष ‌सहयोग गर्ने दार्जिलिङका स्वदिप लामाप्रति संस्थाका संस्थापिका सुमित्रा राईले कृतज्ञता व्यक्त गरेकी छन् । हाम्रा गाउँ समाजमा कोही यस्तो मानसिक रोगले ग्रस्त व्यक्तिहरु देखिए तिनीहरूप्रति घृणा अनि हेयको दृष्टि नराखेर तिनीहरूको उचित उपचार अनि सहायताको निम्ति अघि आइदिने सबैलाई तिनले अपील गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *