मनपर्ने विषयमा अर्नस लिन नपाए रुपियाँ फिर्ता दिइने सिलगढी कलेजले

सिलगढी : सिलगढी कलेजमा मनपर्ने विषयमा अर्नस लिन नपाएपछि अन्य कलेजमा भर्ना हुन चाहेको खण्डमा रुपियाँ फिर्ता दिइने भएको छ। कलेज भर्नाको नयाँ नियमअनुसार पहिला कलेज भर्ना हुनुपर्ने यसपछि अनर्सको सूचीमा नाम आएपछि मात्र अर्नसमा भर्ना लिइनेछ। यदि आफूले चाहेको विषयमा अनर्स लिन नपाएपछि विद्यार्थीले अन्य कलेजमा भर्ना लिन चाहेको खण्डमा कलेज कर्तृपक्षले भर्नाको सबै रुपियाँ फिर्ता दिइने बताइएको छ। गत 13 अगस्तदेखि राज्य सरकारले कलेज फारम भर्ना शुल्क माफ गरिदिए तापनि यसभन्दा अघि धेरैजना विद्यार्थीहरूले शुल्क तिरेर फारम भरेका थिए। ब्याङ्क एकाउन्टको माध्यमद्वारा ती विद्यार्थीहरूको रुपियाँ फिर्ता दिइने सिलगढी कलेज कर्तृपक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *