मानसिक रूपले विक्षिप्त छोरालाई साङ्ग्लीले बाँधेर राख्न वाध्य आमा, उपचारको लागि सहयोगको गुहार

सिलगढी: संसारमा कुन आमा-बाबु होला जसले आफ्नो छोरा-छोरीलाई साङ्ग्ली अथवा डोरीले बाँधेर राख्न चाहन्छन्। तर सिलगढीमा एकजना लाचार आमाले मानसिक रूपमा विक्षिप्त आफ्नो छोरालाई मुटुमा ढुङ्गा नै राखेर भए पनि साङ्ग्लोले बाँधेर राख्न वाध्य छन् किनभने तिनी छोराको उपचार गर्नको लागि आर्थिक रूपले सक्षम छैनन्। आफ्नो आर्थिक अवस्था ठीक नभएकोले गर्दा छोराको उपचारको लागि  मजबुर आमाले सबैसित सहयोगको अपिल पनि गरेका छन्। प्राप्त जानकारी अनुसार, एनजेपी थाना इलाकाको शान्तिपाड़ा निवासी पिङ्की रायले अर्काको घरहरूमा काम गरेर दुख-सुख गुजारा गरिरहेकी छन्। पिङ्की रायको विवाह 13 वर्ष अघि भएको थियो। यसपछि तिनको एकजना छोरा जन्मियो। छोरा जन्मिदा तिनी सामान्य थिए तर उमेर बढ्दै जाँदा तिनमा असामान्य व्यवहार देखिन थालियो। यसले गर्दा पिङ्कीको ससुरालीमा अशान्ति शुरू हुन थाल्यो। यसपछि ससुरालीले छोरा अनि पिङ्कीलाई घरबाट निकाली दिएपछि तिनी आफ्नो छोरालाई लिएर पिताको घरमा बस्दै आइरहेकी छन्। पिङ्कीले आफ्नो छोरालाई विभिन्न ठाउँमा उपचार गरे तापनि तिनी ठीक हुन नसकेको बताइन्। यदि आफ्नो छोरालाई अन्य राज्यमा लगेर राम्रो डाक्टरकहाँ जाँच गराउन सके छोरा निको हुन सक्ने आशा व्यक्त गर्दै पिङ्कीले छोराको उपचारको लागि सबैसित आर्थिक सहयोगको लागि अपिल गरेकी छन्।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *