मानसिक अस्वस्थ्य महिलालाई उद्धार गरेर एनजेपी थाना पुलिसले सुम्पिदियो परिवार पक्षलाई

सिलगढी : एनजेपी थाना पुलिसले मानसिक अस्वस्थ्य महिलालाई उद्धार गरेपछि आज तिनको परिवारका सदस्यलाई सुम्पिदिए। प्राप्त जानकारी अनुसार फाँसीदेवा थाना अन्तर्गत पर्ने विधाननगर संलग्न इलाका निवासी मानसिक रूपमा अस्वस्थ्य महिला राधिका मुण्डा केही दिन अघिदेखि निखोज थिइन्। एनजेपी थानाका पुलिस कर्मीहरूले फुलबारी इलाकामा उक्त महिलालाई यताउता हिँड्डुल गरिरहेको देखेपछि तिनलाई उद्धार गरेर थानामा लगेर सोधखोज गर्दा महिला मानसिक रूपमा अस्वस्थ्य रहेको अनि तिनी फाँसीदेवा संलग्न इलाका निवासी रहेको थाहा पाएपछि फाँसीदेवा थाना पुलिसलाई यसबारे खबर दिए। यसपछि फाँसीदेवा थाना पुलिसले उक्त महिलाको परिवारलाई खबर दिएपछि आज उपर्युक्त प्रमाण पत्रको आधारमा एनजेपी थाना पुलिसले मानसिक अस्वस्थ्य राधिका मुण्डालाई तिनको परिवारलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *