मानसिक रोगी महिलाद्वारा आगो लगाएर आत्महत्या

सिलगढी : शिवमन्दिरको आमतलामा मानसिक रोगी महिलाको जलेको अवस्थामा शव उद्धार भएको छ। मृतक महिला गोसाईपुर निवासी स्मृति रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मानसिक रूपमा असन्तुलन महिलाले आज बिहान घरबाट बाहिर निस्केर आफ्नो शरीरमा मट्टीतेल हालेर आगो लगाएको बताइएको छ। मृतकको लोग्नेले बताएअनुसार उक्त महिलाले केही दिन अघिदेखि मर्ने कुरा गरिरहन्थ्यो। मानसिक रूपमा बिरामी रहेकोले गर्दा नै उक्त घटना घटेको तिनले बताए। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *