मानसिक रूपमा अस्वस्थ्य युवकलाई यौन उत्पीडन गरेको आरोपमा युवक पक्राउ

सिलगढी : मानसिक रूपमा अस्वस्थ्य युवकलाई यौन उत्पीडन गरेको आरोपमा एनजेपी थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। उक्त घटना एनजेपी थाना संलग्न शान्तिपाडामा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो साँझ शान्तिपाडा निवासी 25 वर्षीय मानसिक रूपमा अस्वस्थ्य युवक आफ्नो बाबुसित घर फर्किरहेको समय बाटोमा तिनले शौच जाने भनेपछि बाबुले दमोही स्कुलको छेउमा रहेको रेलवे लाइनमा शौच गर्न लगाएर आफू घर गए। त्यस समय शान्तिपाडा निवासी इनामूल हकले पहिला उक्त युवकलाई रुपियाँ माग्दा नदिएपछि तिनलाई यौन उत्पीडन गरेको आरोप रहेको छ। घटनाबारे थाहा पाएपछि पीडित युवकको बाबुले इनामूल हकविरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *