मानसिक रूपमा अस्वस्थ्य व्यक्तिलाई उद्धार गरेर परिवारलाई सुम्पिदिए स्थानीय युवकहरूले

सिलगढी : फुलबारी 1 नम्बर अञ्चलको कामराङ्गागढी इलाकाका केही युवकहरूले मानसिक रूपमा अस्वस्थ्य व्यक्तिलाई उद्धार गरेर परिवारको हातमा सुम्पिदिए। प्राप्त जानकारीअनुसार गत राति सोमेन साहा नाम गरेको एकजना व्यक्ति कामराङ्गागढी भरतीय मानसुरिया अञ्जुमन सेवा प्रतिष्ठानमा आएका थिए। इलाकाका युवकहरूले तिनीसित कुराकानी गर्दा सोमेन मानसिक रूपमा अस्वस्थ्य रहेको थाहा पाए। यसपछि ती युवकहरूले सोमेनसित सोधखोज गर्दा तिनको घर नजिक रहेको एउटा फार्मेसीको नाम थाहा पाएपछि उक्त फार्मेसीमा सम्पर्क गरेर सोमेनको परिवारलाई खोजी निकाले। गत राति सोमेनलाई तृणमूल युवा सभापति आमिर जब्बार तथा तिनका साथीहरूले आफैसित राखेपछि आज बिहान तिनका परिवारका सदस्यहरूलाई सुम्पिदए। परिवारका सदस्यहरूले बताएअनुसार सोमेन नदिया जिल्ला निवासी हुन् भने गत 11 दिन अघि तिनी निखोज भएका थिए। यसरी निखोज सोमेनलाई भेट्टाएकोमा परिवारका सदस्यहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *