मानसिक रूपमा अस्वस्थ्य व्यक्तिलाई मतदान केन्द्रमा लगेर पार्टीको पक्षमा मतदान गरेको तृणमूल कार्यकर्ताविरुद्ध आरोप

जलपाईगढी : मानसिक रूपमा अस्वस्थ्य व्यक्तिलाई मतदान केन्द्रमा लगेर आफैले तृणमूलको पक्षमा मतदान गरेको तृणमूल कार्यकर्ताविरुद्ध अभियोग उठेको छ। उक्त घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। उक्त घटना जलपाईगढी नगरपालिकाको 7 नम्बर वार्डको आनन्द मण्डल हाई स्कुलको मतदान केन्द्रमा घटेको हो। अर्कोतिर, उक्त घटनाको खबर लिन गएका पत्रकारहरूलाई धम्की समेत दिइएको आरोप रहेको छ। यस सम्बन्धमा जलपाईगढीका सांसद जयन्त रायले भने, मानिसहरूले मतदान गर्न नपाओस् भन्ने उद्देश्य लिएर विभिन्न ठाउँको बुथहरू जाम गरिदिएको छ। सत्तारूढ पार्टीका धेरैजसोविरुद्ध तिनले अभियोग लगाएका छन्। अर्कोतिर, आफूहरूमाथि लगाइएको सबै आरोपहरू झुटो रहेको तृणमूल कङ्ग्रेसको तर्फबाट बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *