मनसुन सत्रमा गोर्खाहरूको समस्या समाधान हुनुपर्छ : गोरायुमो

मिरिक : गोर्खा राष्ट्रिय युवा मोर्चा मिरिक ब्राञ्च कमिटीको आयोजनामा आज मिरिकको सौरेनी बजारस्थित सार्वजनिक भवनमा जनसभा आयोजना गरियो। स्थायी राजनैतिक समाधान विलम्ब भएकोमा उक्त सभाको आयोजना गरिएको हो। उक्त जनसभामा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकको गोरायुमो प्रतिनिधि तथा कार्यकर्ताहरू धेरै संख्यामा उपस्थित थिए। जनसभालाई सम्बोधन गर्दै वक्ताहरूले मनसुन सत्रमा तथा 2023 अवधिमै स्थायी राजनैतिक समाधान हुनुपर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *