मन्त्री अखिल गिरीले राजीनामा दिनुपर्ने मागमा कुचबिहारमा भाजपा-द्वारा विरोध र्‍याली

कुचबिहार : राज्यका मन्त्री अखिल गिरीले राजीनामा दिनुपर्ने माग गर्दै भाजपा-द्वारा आज कुचबिहारमा विरोध र्‍याली निकालिइयो। देशको राष्ट्रपति द्रौपदी मुर्मूविरुद्ध अपमानजनक टिप्पणी गरेको मन्त्री अखिल गिरीविरुद्ध अभियोग उठेको छ। यसैको प्रतिवादमा आज कुचबिहार जिल्ला भाजपाले पार्टी कार्यालय अघिबाट विरोध र्‍याली निकालेर कुचबिहार सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा प्रदेश भाजपा महासचिव तथा फालाकाटाका विधायक दीपक बर्मन, कुचबिहार जिल्ला भाजपाका अध्यक्ष तथा विधायक सुकुमार राय, विधायक निखिल रञ्जन दे, विधायक सुशील बर्मन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *