मन्त्री अरूप विश्वास र विधायक राज चक्रवर्तीले रञ्जन सरकारको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति अब केवल 3 दिन मात्र रहेकोले सबै राजनैतिक पार्टीले जोडतोडले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा सिलगढीको 15 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन सरकारको समर्थनमा आज राज्य मन्त्री अरूप विश्वास र विधायक राज चक्रवर्तीले रोड शो-को माध्यमद्वारा चुनाउ प्रचार गरे। यस अवसरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू धेरै संख्यामा उपस्थित थिए। चुनाउ प्रचार अवधि राज्य मन्त्री अरूप विश्वास र विधायक राज चक्रवर्तीले वार्डको विभिन्न इलाकाको परिक्रमा गर्दै तृणमूल प्रार्थी रञ्जन सरकारको समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *