मन्त्री बुलु चिक बराईकले दिवङ्गत खेलाडी अल्बर्ट तिर्कीको परिवारका सदस्यहरूसित गरे भेट

फाँसीदेवा : दार्जिलिङ एफसीका युवा खेलाडी दिवङ्गत अल्बर्ट तिर्कीको फाँसीदेवा गंगाराम टी गार्डनस्थित तिनको घरमा पुगेर राज्यका मन्त्री बुलु चिक बराईकले परिवारका सदस्यहरूसित आज  भेट गरेर शोक समवेदना प्रकट गरे। यस अवसरमा तिनले भने, एकजना चर्चित फुटबल खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको घटना अति नै दुर्भाग्यपूर्ण हो। पुलिस प्रशासनले घटनाको जाँच गरिरहेको छ भने जाँच अवधि अन्य कुनै कारणले तिनको निधन भएको पत्तो लागेको खण्डमा कार्वाही गरिने बताउँदै आफू सदैव शोकाकुल परिवारको साथमा रहेको तिनले आश्वासन दिए। स्मरण रहोस्, गत बुधबार सिलगढीदेखि डामडिम गइरहेको समय भेगा सर्कल नजिक सड़क दुर्घटनामा परेर अल्बर्ट तिर्कीको असमायिक मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *