मन्त्री बुलु चिक बड़ाइकले प्रार्थीहरूको समर्थन फाँसीदेवामा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी महकुमा परिषदको चुनाउ 26 जुनमा सम्पन्न हुने भएकोले सबै पार्टीका उम्मेद्वारहरूले आ-आफ्नो चुनाउ प्रचार गर्नमा व्यस्त छन्। यसै क्रममा  आज आदिवासी विकास मन्त्री बुलु चिक बड़ाइकले फाँसीदेवाको धिमालजोत महकुमा परिषदको तृणमूल उम्मेद्वार कुमुदिनी बराइक, पञ्चायत समितिका उम्मेद्वार शान्ति मार्डी र ग्राम पञ्चायतका उम्मेद्वार बिजय मगरको समर्थनमा चुनाउ प्रचार गरे। यस अवधि तिनले ममता ब्यानर्जीको विविध परियोजनाबारे अवगत गराए। यसको साथै तिनले इलाकामा पिउने पानीको समस्या र सड़कको समस्याको समाधान गरिदिने आश्वासन पनि दिए। चुनाउ प्रचार अवधि तिनीसित महकुमा परिषदका पूर्व सदस्य छोटन किस्कु, आकाश नागशिया, दीवान लिम्बू लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *