मन्त्री फिरहाद हाकिमसित जीटीएका प्रमुख कार्यपालसहित नगरपालिका अध्यक्षहरूको कलकत्तामा बैठक

सिलगढी: जीटीएका प्रमुख कार्यपाल अनित थापाले जीटीएको सहरी विकास विभागीय सभासद अरूण सिग्ची लगायत पहाडका चार नगरपालिका क्रमैले दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिक नगरपालिका अध्यक्षहरूलाई साथमा लिएर आज कलकत्तामा राज्यको शहर विकास तथा नगरपालिका मामिला मन्त्री फिरहाद हाकिमसित भेटेर बैठक गरे। यस बैठक अवधि पहिलोपल्ट जीटीए प्रमुख कार्यपालसहित पहाडका सबै नगरपालिका अध्यक्षहरूले नगरपालिकाको विविध विषयमा सम्बन्धित विभागीय मन्त्रीसित चर्चा-परिचर्चा गरे। बैठकमा विशेष गरेर नगरपालिकाको विविध योजना, बजेट लगायत अन्य योजनाहरू कार्यान्वित गरिने विषयमा कुराकानी गरिएको बताइएको छ। बैठकमा सरकार पक्षबाट विभागीय मन्त्री मन्त्री फिरहाद हाकिम लगायत प्रिन्सिपल सेक्रटरी खालिद अहमद, डाइरेक्टर बद्री नारायण कर, अतिरिक्त सचिव सुप्रिया घोषाल, अतिरिक्त डाइरेक्टर जोली चौधरी, अतिरिक्त सचिव अरूप रतन मुखोपाध्य,चिफ इञ्जिनियर विश्वजीत धाद आदि पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *