मन्त्री गौतम देवले गरे भारत-बंगलादेश सीमा क्षेत्रको निरीक्षण

राजगञ्ज : कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर राज्यका पर्यटन मन्त्री गौतम देवले बुधबार भारत-बंगलादेश सीमा क्षेत्रमा रहेको फुलबारी सीमा चौकीको निरीक्षण गरे। मन्त्रीले फूलबारी सीमाको माध्यमबाट यात्रा गर्ने विदेशीहरूसहित अन्य पर्यटकहरूको बारेमा सटीक जानकारी लिनको लागि यस प्रकारको पहल गरेको बताए। यसै क्रममा जिल्ला म्याजिस्ट्रेटको निर्देश अन्तर्गत फुलबारी, चामुर्ची, चांगरबंधा, जयगाँउ अनि पानीट्याङ्की सीमा क्षेत्रमा कठोर निगरानी गरिरहेको छ। सिलगढी, जलपाईगढी अनि नक्सलबारी सहित धेरैवटा स्थानहरूमा कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर आइसोलेसन वार्ड केन्द्र बनाएको छ। प्रशासनले मानिसहरूको सुविधाको लागि केही हेल्पलाइन नम्बर पनि जारी गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.