मन्त्री गौतम देवद्वारा फुलबारीमा 131 परिवारलाई जमिनको पट्टा वितरण

राजगञ्ज : राज्यका पर्यटन मन्त्री गौतम देवले आज फुलबारीमा 131 परिवारलाई जमिनको पट्टा वितरण गरे। फुलबारी 2 नम्बर ग्राम पञ्चायत कार्यालयमा एउटा कार्यक्रमको माध्यमद्वारा आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणा एवम् मन्त्री गौतम देवको पहलमा भूमि एवम् भूमि राजस्व कार्यालयको सहयोगितामा 131 परिवारलाई जमिनको पट्टा प्रदान गरियो।  यस अवसरमा मन्त्री देवले आज विधानसभा क्षेत्रको 3 वटा अञ्चलमा जमिनको पट्टा वितरण गरेको बताए। फुलबारी 2 नम्बर अञ्चलको 131 परिवारलाई निःशुल्क जमिनको पट्टा प्रदान गरेको साथै बङ्ग्ला आवास योजना मार्फत् घर निर्माण गर्नमा तिनीहरूलाई सहयोग गरिने तिनले बताए। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, जलपाईगढी जिल्ला परिषदका शिक्षा विभागीय अध्यक्ष देवाशीष प्रामाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *