मन्त्री गौतम देवद्वारा 89 परिवारलाई जमिनको पट्टा वितरण

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिलगढी नगरनिगमको 46 नम्बर वार्डस्थित पोकाईजोत, समरनगर, पत्तीकोलनी लगायत नतुनपाडाको 89 परिवारलाई जमिनको पट्टा वितरण गरे। सिलगढीको मैनाक टुरिस्ट लजमा आज एउटा कार्यक्रमबीच तिनले मोठ 89 परिवारलाई जमिनको पट्टा प्रदान गरे। मन्त्री देवले यसभन्दा अघि पनि धेरैजना मानिसहरूलाई जमिनको पट्टा प्रदान गरेको साथै आज 89 परिवारलाई निस्वार्थ रूपमा जमिनको पट्टा वितरण गरेको बताए। कुनै शर्त बिनै साधारण मानिसहरूले तिनीहरू जमिनको पट्टा पाओस् भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको चाहना रहेकोले गर्दा नै मानिसहरूलाई जमिनको पट्टा वितरण गरेको तिनले बताए। यस अवसरमा महकुमाशासक प्रियदर्शिनी एस, रञ्जन सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *