मन्त्री गौतम देवद्वारा पक्का सड़क निर्माण कार्यको शिलान्यास

राजगञ्ज : राज्यका पर्यटन मन्त्री गौतम देवले आज डाबग्राम-फुलबारी विधानसभा केन्द्रको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने जटियाकाली मोड़देखि निपानिया हुँदै कालाङ्गिनीसम्मको पक्का सड़क निर्माण कार्यको उद्घाटन गरे। सिलगढी जलपाईगढी विकास प्राधिकरणको पहलमा लगभग 1 करोड़ 82 लाख रुपियाँको लागतमा उक्त सड़क निर्माण कार्य भइरहेको छ। यस अवसरमा सिलगढी जलपाईगढी विकास प्राधिकरणका चेयरम्यान विजय चन्द्र बर्मन, भाइस चेयरम्यान नान्टु पाल, जलपाईगढी जिल्ला परिषदका शिक्षा कर्माध्यक्ष देवाशीष प्रमाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *