मन्त्री गौतम देवद्वारा 36 परिवारलाई जमिनको पट्टा वितरण

सिलगढी : द्वारे सरकार शिविरको माध्यमद्वारा राज्यका पर्यटन मन्त्री गौतम देवले आज जमीनको पट्टा वितरण गरे। प्राप्त जानकारीअनुसार आज सिलगढीको तीनबत्ती हिन्दी स्कुल मैदानमा आयोजित द्वारे सरकार शिविरमा रेलवे जमिनमा बसोबासो गर्दै आइरहेका लगभग 36 परिवारलाई मन्त्री देवले जमिनको पट्टा प्रदान गरे। स्मरण रहोस्, राज्य सरकारद्वारा प्रदान विभिन्न परियोजनाहरू साधारण मानिसहरूसमक्ष पुर्‍याउने उद्देश्य लिएर द्वारे सरकार शिविरको आयोजना गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *