मन्त्री गौतम देवको स्वास्थ्य लाभको निम्ति महामृत्युञ्जय यज्ञ

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिलगढीको अरविन्द युवक संघले आज महामृत्युञ्जय यज्ञको आयोजना गर्यो। प्राप्त जानकारीअनुसार गत 6 नोभेम्बरमा मन्त्री गौतम देव कोरोना संक्रमित भएका थिए। यसपछि धेरैपल्ट तिनको कोरोना टेस्ट गरे तापनि रिपोर्ट पोजेटिभ आएपछि हाल तिनी मतिगढास्थित कोभिड अस्पतालमा चिकित्साधीन अवस्थामा छन्। तिनी कोरोना संक्रमित भएको थाहा पाएपछि पार्टीका कर्मीहरू लगायत सहरवासीहरू चिन्तित बनेका छन्। यसैले मन्त्री देवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज अरविन्द युवक संघले महामृत्युञ्जय यज्ञको आयोजना गरेको बताइएको छ। यस अवसरमा पार्टीका कार्यकर्ताहरू लगायत स्थानीय मानिसहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *