मन्त्री गौतम देवले गरे सडक निर्माण कार्यको शिलान्यास

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चल अन्तर्गत भवेश मोडदेखि जाबराभिटासम्म पक्का सडक निर्माण कार्यको राज्यका पर्यटन मन्त्री गौतम देवले आज शिलान्यास गरे। जलपाईगढी जिल्ला परिषद्‌द्वारा अनुमोदित 33 लाख 60 हजार रुपियाँको लागतमा डेढ किलोमिटर पक्का सडक निर्माण कार्यको आज शिलान्यास गरियो। यस अवसरमा मन्त्री देवले बताएअनुसार दीर्घदिनदेखि उक्त सडकको मरम्मती नगरिएको कारण उक्त सडक भएर आवतजावत गर्ने वाहन तथा मानिसहरूलाई निक्कै असुविधा भइरहेको थियो। स्थानीय मानिसहरूको माग अनुसार उक्त सडक निर्माण कार्य शुरू गरिएको साथै आगामी 3 महिनाको अवधिमा उक्त सडक निर्माण कार्य पुरा गरिने तिनले बताए। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष देवाशीष प्रामाणिक, डाबग्राम 2 अञ्चल प्रधान सुधा सिंह च्याटर्जी र उप-प्रधान निर्मला बर्मन उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *