मन्त्री गौतम देवले गरे र्‍याली स्थलको तयारीको परिदर्शन

सिलगढी : एनआरसी र सीएए-को विरोधमा आगामी 3 जनवरीको दिन तृणमूलले सिलगढीको मल्लागुढीबाट एउटा विराट र्‍यालीको आयोजना गर्ने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देव आज मल्लागुढीमा यसको तयारीको निरीक्षण गरे। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनले आगामी 3 जनवरीको दिन मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा एनआरसी र सीएए-को विरोधमा विशाल र्‍याली निकालिइने बताए। उक्त र्‍याली मल्लागुढीबाट शुरू गरेर एयरभ्यु मोड़ हुँदै बाघातीन पार्क पुगेर समापन गरिने भएको छ। उक्त र्‍यालीमा समतललगायत पहाड़का कार्यकर्ताहरू पनि उपस्थित रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *