मन्त्री गौतम देवले गरे शिक्षा प्रतिष्ठानहरूको विकासमूलक परियोजनाको उद्घाटन

सिलगढी : नगरनिगम चुनाउअघि आज सिलगढीको 7 वटा शिक्षा प्रतिष्ठानको विकासमूलक परियोजनाको राज्यका पर्यटन मन्त्री गौतम देवले विधिवत् रूपमा उद्घाटन गरे। सिलगढी नगरनिगमको 19 नम्बर वार्ड अन्तर्गत पर्ने डाबग्राम-फुलबारी विधायक इलाकाको विकास फण्डबाट 11 लाख रुपियाँको लागतमा शान्तिनगर प्राथमिक पाठशालाको बाउन्डरी वालको निर्माण कार्यको आज मन्त्री देवले उद्घाटन गरे। यसबाहेक 2 लाख 93 हजार रुपियाँको लागतमा दक्षिण शान्तिनगर प्राथमिक पाठशालालाई 20 वटा काठको टेबल-बेञ्च प्रदान, घोगोमाली उच्च विद्यालयमा मिड डे मिलको लागि नयाँ परियोजना, सूर्यसेन महाविद्यालयमा 18 वटा कम्प्युटर प्रदान र मुन्शी प्रेमचन्द्र कलेजमा वाल पेन्टिङको लागि 10 लाख रुपियाँ प्रदान गरेको बताइएको छ। मन्त्री देवले बताएअनुसार आज 7 वटा परियोजनाको उद्घाटन गरिएको साथै आगामी मार्च महिनाको प्रथम हप्तासम्म फुलबारीमा दुईवटा पार्कको उद्घाटन एवम् 31 नम्बर वार्डको बटतलास्थित एउटा प्राथमिक पाठशालाको बाउन्डरी वाल परियोजनाको उद्घाटन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *