मन्त्री गौतम देवले गरे सिलगढी महकुमा पुस्तक मेलाको उद्घाटन

सिलगढी :  सिलगढीको वाईएमए मैदानमा आज 10औँ महकुमा पुस्तक मेलाको राज्यका पर्यटन मन्त्री गौतम देवले विधिवत रूपमा उद्घाटन गरे। यस अवसरमा आईएएस सुपर्णा दास, उपाचार्य महेन्द्रनाथ राय, विशिष्ट साहित्यकार  सोमेन नाग, एसजेडीएका भाइस चेयरम्यान नान्टु पाल लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। प्राप्त जानकारीअनुसार गत 9 वर्षदेखि सिलगढी महकुमाको विभिन्न अञ्चलमा उक्त पुस्तक मेलाको आयोजना गर्दै आइरहे तापनि वाईएमए मैदानमा यस वर्ष प्रथमपल्ट आयोजना गरिएको हो। कोरोना महामारीलाई ध्यानमा राखेर मेला प्राङ्गणमा विभिन्न सतर्कतामूलक व्यवस्था अप्नाइएको छ। उक्त पुस्तक मेलामा मोठ 45 वटा स्टल लगाइएको छ भने आगामी 10 जनवरीसम्म उक्त मेला चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *