मन्त्रीको छोरीलाई गैर कानुनी रूपमा नोकरी दिएको प्रतिवादमा कुचबिहारमा भाजपा-द्वारा विक्षोभ र्‍याली

कुचबिहार : मन्त्रीको छोरीलाई गैर कानुनी रूपमा नोकरी दिएको प्रतिवादमा कुचबिहारमा भाजपाको तर्फबाट एउटा विक्षोभ र्‍याली निकालिइयो। कुचबिहार जिल्ला भाजपा-को तर्फबाट आज पार्टी अफिस अघिबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि यहाँको हरिशपाल मोडमा पुगेर र्‍यालीमा उपस्थित भाजपाका नेतृत्वहरूले मन्त्री परेश चन्द्र अधिकारीको पुतला दहन गर्यो। उक्त र्‍यालीमा भाजपाका विधायक मालती राभा राय लगायत जिल्ला भाजपाका नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *