सोरेङ (निसं): पश्चिम सिक्किम सोरेङ जिल्ला अन्तर्गत दरामदिनमा निर्माणाधीन लेप्चा जातिको धरोहर मानिने ‘स्वर्ग जाने सिढी’ परियोजनाको क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले आज छड्के भ्रमण गरे। मन्त्रीको साथमा सीएलसी टोली अनि पार्टीका कर्याकर्ताहरू पनि उपस्थित थिए। आदिम जनजातिको रूपमा परिचित लेप्चा समुदायको ऐतिहासिक पक्ष बोकेको स्वर्ग जाने सिढी जातीय अनि धार्मिक आस्थासँग जोडिएको हुनाले निर्माण कार्यमा ढिलाइ नगरि राम्रोसँग काम गर्ने ठेकेदार पक्षलाई मन्त्रीले आदेश दिएका छन्।

स्मरण रहोस्, राज्यका तत्कालीन एसडीएफ सरकारमा 16 करोड 55 लाख रुपियाँ अनुमोदन गरिएको थियो। पछि फेरि 2018 सालमा 20 करोड 89 लाख धनराशि अनुमोदन गरिएको थियो तर अझसम्म यसको निर्माण कार्य पूरा नभएको बताइको छ
