मन्त्री पूर्णेन्दु बसुले गरे आईटीआई कलेजको परिभ्रमण

अलीपुरद्वार: तकनीकी शिक्षा मन्त्री पूर्णेन्दु बसुले अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लकस्थित सरकारी आईटीआई कलेजको आज परिभ्रमण गरे। यस अवसरमा कलेजका प्रिन्सिपल मन्ना देवनाथ लगायत अन्य सबै शिक्षक तथा विद्यार्थीहरूले तिनलाई भव्य स्वागत जनाए। मन् बसुले कलेजको परिभ्रमण गर्नको साथै सबै विभागका विद्यार्थीसित तिनीहरूका विभिन्न विषयमा कुराकानी गरे। यस अवधि कलेजका प्रिन्सिपलले मन्त्रीलाई विविध समस्याहरूबारे गराए। अर्कोतिर, मन्त्रीले पनि ती समस्याहरूको समाधान गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *