मन्त्री रवीन्द्रनाथ घोषले गरे कुचबिहारमा उत्तबंग उत्सवको उद्घाटन

कुचबिहार : उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले आज कुचबिहारमा उत्तरबंग उत्सवको उद्घाटन गरे। कुचबिहारको उत्सव अडिटोरियम हलमा दीप प्रज्ज्वलन गरेर तिनले उत्तबंग उत्सवको उद्घाटन गरे। दुई दिनव्यापी उक्त उत्सवमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ। यस अवसरमा मन्त्री विनय कृष्ण बर्मन, कुचबिहार जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मन, जिल्लाशासक पवन कादियान लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *