मन्त्री रवीन्द्रनाथद्वारा बाघडुग्रा हवाईअड्डा प्रबन्धनलाई एम्बुलेन्स प्रदान

सिलगढी : बाघडुग्रा हवाईअड्डामा यात्रीहरूको संख्या बढिरहेकोले गर्दा तिनीहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य लिएर उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले आज हवाईअड्डा प्रबन्धनलाई एम्बुलेन्स प्रदान गरे। उत्तरबंग विकास विभाग कोषबाट 8 लाख रुपियाँको लागतमा उक्त एम्बुलेन्स हवाईअड्डा प्रबन्धनलाई प्रदान गरिएको बताइएको छ। यस अवसरमा मन्त्री रवीन्द्रनाथ घोषले हालसम्म यहाँ सेनाको तत्वावधानमा एम्बुलेन्स परिसेवा उपलब्ध रहेको साथै साधारण मानिसहरूलाई उक्त परिसेवा उपलब्ध नगरिएकोले गर्दा नै आज बाघडुग्रा हवाईअड्डालाई एउटा एम्बुलेन्स प्रदान गरिएको बताए। आउँदो दिनमा बाघडुग्रा हवाईअड्डाको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको तर्फबाट अझै थप एम्बुलेन्स प्रदान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *