मन्त्री श्रीकान्त महतोले राजगञ्जका विधायक खगेश्वर रायसित तिनकै आवासमा गरे भेट

राजगञ्ज : राज्यका लघु, मध्यम तथा कपड़ा उद्योग मन्त्री श्रीकान्त महतोले आज राजगञ्जका विधायक खगेश्वर रायसित भेट गरे। मन्त्री श्रीकान्त महतो आज बिहान विधायकको घरमा पुगेर भेटघाट गर्नको साथै विश्वकर्मा पुजाको रिबन काटेर उद्घाटन गरे। यस अवसरमा मन्त्री श्रीकान्त महतोले भने, हिजो किसान खेत मजदुर तृणमूल कङ्ग्रेसको बैठक सम्पन्न भयो। उक्त बैठकमा लघु उद्योगलाई घर-घरमा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। तिनले आज राजगञ्ज विधायक खगेश्वर रायको घरमा आयोजित विश्वकर्मा पुजाको उद्घाटन गर्नको साथै राजगञ्ज ब्लकमा लघु उद्योग कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *