मन्त्री तथा विधायकहरूद्वारा रम्फुको साफ-सफाई

रम्फू: सिक्किमको सत्तारूढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाको आठौँ स्थापना दिवस आगामी 4 फरवरीको दिन रम्फुको खेल मैदानमा अति भव्य रूपमा पालन गरिने भएको छ। यसै कार्यक्रमलाई केन्द्र गरी एसकेएमका केन्द्रीय नेतृत्वगण तथा कार्यकर्ताहरूले आज रम्फू बजार क्षेत्रमा बिहानैदेखि व्यापक सफाई अभियान चलाएर यहाँको बजारलगायत कार्यक्रम स्थलको वरिपरी सफाई गरे।


उक्त सफाई अभियानमा स्वयम् मन्त्री सन्जीत खरेल, विधायकहरू आदित्य गोले, श्रीमती सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलगायत अन्य धेरै संख्यामा पार्टी नेतृत्व र कार्यकर्ताहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.