सिलगढी : आर्थिक समस्याले गर्दा नगरनिगम इलाकाको विभिन्न विकासमूलक कार्य थाँतीमा रहेको छ। यसको लागि मेयर गौतम देवले उत्तरबंग विकास विभाग एसजेडी-सित सहयोग मागेका थिए। यसैले आज उत्तरबंग विकास विभागका मन्त्री उद्यन गुहसित मेयर गौतम देवले एउटा बैठक गरे। उक्त बैठकको अन्तमा मेयर देवले भने, यस वर्ष वर्षाको समयमा सिलगढी सहर जलमग्न बनेको थियो। उक्त समस्याको समाधान गर्नको लागि केही कार्य गर्नुपर्ने आवश्यक रहेकोले आज यसबारेमा मन्त्रीसित कुराकानी गरियो भने तिनले यस विषयमा उचित आश्वसान दिएका छन्। अर्कोतिर, उत्तरबंग विकास मन्त्री उद्यन गुहले भने, धेरै लामो समयसम्म मेयर गौतम देव उक्त विभागको मन्त्री थिए। तिनीसित धेरै अनुभव छ, तिनले केही कामको प्रस्ताव दिएकोले यसबारे आज बैठकमा चर्चा परिचर्चा गरियो।