म्याराथान प्रतियोगितापछि घर फर्किने क्रममा पिकअप भ्यान पल्टिँदा 39 जना विद्यार्थी घाइते

सिलगढी : स्वामीजीको जन्मदिनको उपलक्ष्यमा नक्सलबारीमा आयोजित म्याराथान दौड प्रतियोगितामा अंश ग्रहण गरेपछि घर फर्किने क्रममा सडक दुर्घटनामा परेर 39 जना विद्यार्थी घाइते भएका छन्। फाँसीदेवाको विधाननगरको भिमबार संलग्न 31 नम्बर राष्ट्रिय राजमार्गमा उक्त दुर्घटना घटेको हो। मोटरसाइकललाई साइड दिने क्रममा पिकअप भ्यान अनियन्त्रित भएर जलाशयमा पल्दिँदा पिकअप भ्यानमा सवार 39 जना विद्यार्थी घाइते भएको बताइएको छ। घटनाको खबर पाएर विधाननगर थाना पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेर घाइते विद्यार्थीहरूलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएपछि त्यहाँ तिनीहरूको प्राथमिक उपचार गरेपछि छोडिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *