मरेका पशुहरू जलाउन विद्युत चुल्हा निर्माण गरिने : मेयर

सिलगढी : मरेका पशुहरू जलाउनको लागि सिलगढी नगरनिगमले एउटा अलग्गै विद्युत चुल्हा निर्माण गरिने भएको छ। सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। तिनले बताएअनुसार सिलगढी नगरनिगमको तर्फबाट चाँडै एउटा मरेका पशुहरू जलाउनको निम्ति विद्युत चुल्हाको निर्माण गरिने बताए। कलकत्ता मेट्रोपलिटन डेभलपमेन्ट अथोरिटी (केएमडीए) यसको निम्ति सहयोग पुर्‍याउने भएको छ। उक्त केएमडीए-का प्रतिनिधिहरूको भनाइअनुसार पशु-पक्षीहरू मरेपछि त्यसलाई डम्पिङ ग्राउन्डमा फ्याकिँदा त्यसबाट विभिन्न प्रकारको रोगहरू उत्पन्न हुने सम्भावना अधिक रहन्छ। यसैले गर्दा नै मरेको पशुहरूलाई जलाउनको लागि विद्युत चुल्हा निर्माण गरिनु आवश्यक रहेकोले गर्दा नै सिलगढीमा पनि यस प्रकारको विद्युत चुल्हा निर्माण गरिने भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *