मार्गरेट्स होप र नागरी फार्ममा हाम्रो पार्टीको श्रमिक संगठनको कमिटी गठन

दार्जिलिङ (निसं): हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको विस्तारको क्रममा आज खरसाङ महकुमाको सन्त मेरी टुङ समष्टि अन्तर्गत मार्गरेट्स होप चिया बगानमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको सभा सम्पन्न भयो। उक्त सभामा व्यापक चर्चा-परिचर्चा गरेपछि मार्गरेटस होप चिया बगानमा श्रमिकहरूको विविध समस्याको आवाज उठाउन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गरिएको बताइएको छ।


उक्त कमिटीमा अध्यक्ष राजेश तामाङ, उपाध्यक्ष सत्य कुमार तामाङ, सचिव सुकराज सुब्बा, सह सचिव बरुण सुब्बा, कोषाध्यक्ष निर्मला तामाङ र विजय दोङ लगायत 7 जनाको कमिटी गठन गरिएको छ। यसरी नै, नागरी फार्म चिया बगानमा पनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको कमिटी गठन गरिएको छ, जसमा अध्यक्ष छिरिङ तामाङ, उपाध्यक्ष प्रसाद राई र पेम्बा तामाङ, सचिव फुर्बा तामाङ, कोषाध्यक्ष सुरेन मुखिया लगायत 7 जनाको कमिटी गठन गरिएको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको निर्वाचित प्रतिनिधिहरूलाई श्रमिक सङ्घको केन्द्रीय अध्यक्ष डीके गुरूङद्वारा हस्ताक्षर गरिएको अनुमोदन पत्र महासचिव जतन राईको बाहुलीद्वारा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *