मार्गरेट कमानको काँडे तारमा फँस्यो वयस्क चितुवा

खरसाङ: खरसाङ नजिक मार्गरेट चिया कमानको नयाँ गाउँ इलाकामा काँडाको तारमा एउटा वयस्क चितुवा फँसेको भेट्टाइयो। यसपछि कमान प्रबन्धन पक्षले वन विभागलाई घटनाको जानकारी दिए। खबर पाएर दार्जिलिङ सिञ्चेल वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर धेरै प्रयास गरे तापनि चितुवालाई उद्धार गर्न असमर्थ बनेपछि अन्तमा सुकनाबाट एउटा ट्रेङ्कुलाइजेशन टीम पठाएर वनकर्मीहरूले चितुवालाई उद्धार गऱ्यो। यसपछि चितुवालाई प्राथमिक उपचारको लागि  दार्जिलिङको पद्मजा नायडू हिमालयन प्राणी उद्यानमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *