मार्शल आर्ट अनि फिटनेस एकाडेमी टोलीको उत्कृष्ट प्रदर्शन

खरसाङ : मार्शल आर्ट अनि फिटनेस एकाडेमीको टोलीले हालै विभिन्न स्थानहरूमा एकै दिनमा आयोजित दुई फरक प्रतियोगिताहरूमा भाग लिएको थियो। 35 सहभागीहरूको टोली जसको नेतृत्व एमएएफए कल्पना छेत्री अनि सेन्सी राहुल विश्वकर्माले गरेका थिए। सर्वप्रथम टाउन कम्युनिटी हल, नयाँ बजार खरसाङमा आयोजित “दोस्रो आइएसकेएफ दार्जिलिङ जिल्ला कराते च्याम्पियनसिप, 2021 मा सहभागी भएका थिए। उक्त प्रतियोगीतामा टोलीले 6 स्वर्ण, 8 रजत अनि 9 कांस्य जित्यो। समग्र जिल्ला च्याम्पियनसिप ट्रफी पनि मार्सल आर्ट र फिटनेस एकेडेमीको टोलीले जित्यो। अर्कोतर्फ इभेन्टमा पाँचौं उत्तर बंगाल कराते च्याम्पियनसिप 2021 अनि कलकत्तामा 17 देखि 19 दिसम्बरसम्म हुने राष्ट्रिय फेडरेशन कपको छनौट पनि एमएएफएको संस्थापक तथा अध्यक्ष सन्दीप प्रधानको नेतृत्वमा गरियो, जसमा 19 जना विद्यार्थीले अंश ग्रहण गरेका थिए।


यीमध्ये टोलीले 4 स्वर्ण, 2 रजत अनि 6 काँस्य पदक जित्न सफल भएको थियो। पोजिसन होल्डरहरूले राष्ट्रिय फेडरेशन कपमा भाग लिनेछन् जसको लागि छिट्टै खरसाङमा एउटा विशेष प्रशिक्षण शिविर आयोजना गरिनेछ जसमा उत्तर बंगालका सबै जिल्लाहरूबाट पदक विजेताहरूलाई शिहान अनिल राई र सबै मास्टर्सबाट प्राविधिक प्रशिक्षण दिइनेछ। कार्यक्रमका प्रमुख अतिथि सहायक र्याजपिड एक्सन फोर्सका कमाण्डेन्ट, प्रहरी नायब उपरीक्षक सुवास प्रधान अनि विशेष अतिथिमा नारी शक्तिका सीईओ प्रतिमा जोशी, जीके संस्थाहरु- ऋतिक शर्मा, माया प्रधान रोका, शिहान रोशन सार्की, सेन्सी सुसान थापा, सेन्सी मिराज लेप्चा र सेन्सी सन्दीप प्रधान थिए। सम्पूर्ण कार्यक्रम शिहान अनिल राईको निर्देशनमा सम्पन्न भएको थियो भने प्रतियोगिताको पर्यवेक्षक सेन्सी नीरज राई थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *