मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमी सोनादा ब्राञ्चको आयोजनामा बेल्ट सेरोमनी सम्पन्न

सोनादा (निसं): मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमी सोनादा ब्राञ्चको आयोजनामा बेल्ट सेरोमनी सम्पन्न भयो। उक्त कार्यक्रममा सोनादा पुलिस आउट पोस्टका ओसी मित्र देवान मुख्य अतिथिको रूपमा उपस्थित थिए भने स्कट मिशन स्कुलका प्रधान अध्यापक मेगन थापा, रसिक छेत्री विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यस कार्यक्रममा मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीका मुख्य संस्थापक एवम् चेयरम्यान सेन्सी सन्दीप प्रधान पनि उपस्थित थिए। उक्त कार्यक्रममा मोठ 18 जना विद्यार्थीहरूलाई बेल्ट र प्रमाण पत्र प्रदान गरियो। सोनादामा सम्पन्न कार्यक्रम विषयमा मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीका चेयरम्यान सेन्सी सन्दीप प्रधानले विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *